arrow

महिलालाई बिहे गर्ने बहानामा चीन पुर्‍याइ मानव बेचबिखन, मनमाया पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ८ मंगलबार
crime-final-everytime-use.jpg
तस्बिर – फाइल ।

काठमाडौँ ।  विवाहको बहानामा चीन पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा नुवाकोट किस्पाङ्ग गाउँपालिका १ ठेगाना भई  चीनको हेइलोंगजियांग प्रोभिन्सको हर्बिन सिटीमा बसोबास गर्ने ४३ वर्षीया मनमाया घलेलाई प्रहरीले पक्राउ गरेको छ । 

पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका २७ ठमेलबाट पक्राउ गरेको हो । 

मनमायाले पीडितलाई चिनियाँ नागरिकसँग विवाह गरेमा ५ वर्षपछि ग्रिनकार्ड बनाउन सकिने भन्दै ललाई फकाई प्रलोभनमा पारेर चिनियाँ नागरिकसँगको मिलेमतोमा जिल्ला अदालत काठमाडौंमा लगि २०७९ चैत १३ गते चिनियाँ नागरिकसँग कोर्ट म्यारिज गराई २०८० बैशाख १ गते चीनमा पुर्‍याएर यौन शोषण एवम् वेश्यावृत्तिमा लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । 

मनमायाले पीडितलाई नेपाली ५ लाख रूपैयाँमा बेचबिखन गरेकोसमेत खुल्न आएको छ । पीडितलाई वेश्यावृत्तिमा लगाई राखेको अवस्थामा चीनस्थित नेपाली दूतावाससगँको समन्वयमा २०८० असार १ गते नेपाल फर्कन सफल भएका थिए ।         

उनी उपर मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको समेत प्रहरीले खोजी गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ