arrow

खोपासीमा क्यान्सर परीक्षण शिविर सम्पन्न 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २० सोमबार
health Camp.jpg

काभ्रे । क्यान्सर चेतना, उपचारसहित समाजसेवाको क्षेत्रमा निरन्तर सक्रिय रहेको सामाजिक संस्था राजेश मेमोरियल क्यान्सर रिलिफ फाउण्डेसन, वानेश्वरले यस पटक काभ्रेपलाञ्चोकको खोपासीमा निःशुल्क क्यान्सर स्कृनिङ शिविरको आयोजना गरेको छ ।

पनौती नगरपालिका वडा नम्बर १० को खोपासी क्षेत्रमा डा. एटना खतिवडाको नेतृत्वमा रहेको चिकित्सकहरूको समूहले करिब १ सय ५० जना महिलाहरूको स्वास्थ्य परीक्षण गर्दै पाठेघर तथा स्तन क्यान्सरको स्कृनिङ टेस्ट गरेको छ ।

स्वास्थ्य उपचारका क्रममा कतिपय बिरामीहरूलाई निःशुल्क औषधि पनि वितरण गरियो । क्यान्सर फाउण्डसनले भक्तपुर क्यान्सर अस्पतालसँगको सहकार्यमा यस वर्ष देशभर १४ वटा स्वास्थ्य शिविर तथा सचेतनामूलक कार्यक्रम गर्ने जनाएको छ । 

खोपासीमा आयोजित कार्यक्रममा पनौती नगरपालिका वडा. नं. १०का वडा अध्यक्ष मोहनबहादुर भण्डारीले सम्पन्न स्वास्थ्य शिविर महत्वपूर्ण भएको बताए ।

फाउण्डेसनका अध्यक्ष जनार्दन आचार्यले कार्यक्रम आयोजनाको कारणमाथि प्रकाश पार्दै आफूहरू सेवाभावकासाथ अगाडि बढेको उल्लेख गरे । खोपासीमा आयोजित स्वास्थ शिविरको कार्यक्रमको संयोजन स्थानीय विष्णुबहादुर सिलवालले गरेका थिए ।
  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ