arrow

विद्यालयका प्रअले टुहुरा, अपाङ्ग र जेहेन्दार विद्यार्थीलाई दिए छात्रवृत्ति 

logo
जनक बोहरा,
प्रकाशित २०७९ भदौ २० सोमबार
bajura-school.jpg

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका वडा ९ मा रहेको पार्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक भोजराज पाध्याद्वारा टुहुरा,जेहेन्दार,अपाङ्ग हरूका लागि छात्रवृत्ति कोषको स्थापना गरेका थिए। 

प्रधानाध्यापक पाध्यायको छात्रवृत्ति आज एक कार्यक्रमका बीच त्रिवेणी नगरपालिका नगर प्रमुख कर्ण बहादुर थापा द्वारा पार्वती माध्यमिक विद्यालय लगायतका वडा भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत टुहुरा,जेहेन्दार,अपाङ्ग, न्यून आर्थिक अवस्था भएका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको पार्वती माध्यमिक विद्यालय परिवारले जानकारी दिएका छन्। 

प्रधानाध्यापक पाध्यायले कसैको सहयोगबाट नभएर आफ्नो व्यक्तिगत लगानीबाट २०५६ सालबाट छात्रवृत्तिको कोष स्थापन गरेको बताए । विद्यार्थीहरूलाई झोला कापी कलम लगायतका शैक्षिक सामग्री वितरण गरेका को विद्यालयका शिक्षक अभिभाव सङ्घका अध्यक्ष रतन खत्रीले बताए। 

कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष धर्मे नेपाली, नगर प्रमुख कर्ण थापा, शिक्षक अभिभावक सङ्घका अध्यक्ष रतन खत्री लगायतको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ