arrow

नेपालले केन्याविरुद्ध गर्‍यो ह्वाइट वास

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २० सोमबार
nepal-cricket-2022.jpg

काठमाडौं । नेपालले केन्या विरुद्धको एक दिवसीय क्रिकेट श्रृंखलामा ‘ह्वाइट वास’ गर्न सफल भएको छ । नेपालले तीन खेलको श्रृंखला ३–० ले जितेको हो । सोमबार भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले श्रृंखलामा ‘ह्वाइट वास’ गर्न सफल भएको हो ।

नेपालले यसअघि पाँच खेलको टी–२० श्रृंखला ३–२ ले जितेको थियो । एक दिवसीयमा नेपालले पहिलो खेल ७ विकेटले, दोस्रो खेल १७ रनले तथा तेस्रो खेल ६ विकेटले जितेको हो । 

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको अन्तिम खेलमा केन्याले दिएको २ सय ५६ रनको विजयी लक्ष्य नेपालले ४७ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा अर्जुन साउद, आसिफ शेख र वसिर अहमदले अर्धशतकीय इनिङ्स खेले । अर्जुनले ९० बलमा ५८,  आसिफले ४३ बलमा ५६ रन बनाए ।

वसिरले ४९ बलमा अविजित रहँदै ५२ रन जोडे । यस्तै कप्तान रोहित पौडेलले अविजित रहँदै ४६ बलमा ४६ रन जोडे । 

पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ५१ बलमा ३३ रनमा आउट हुँदा देव खनाल एक रनमा आउट भए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन बनाएको थियो ।  कोलिन्स अबुयाले ८४ तथा लुकास एनडानडासनले अविजित रहँदै ५९ रन बनाएको इनिङ्समा नेपालका सोमपाल कामी र आदील अन्सारीले २–२ विकेट लिए ।

वसिर अहमद र शाहब आलमले १–१ विकेट लिए । रोहितले कप्तानीमा आफू पनि अब्बल भएको प्रमाणित गरेका छन् । टी–२० को कप्तानी नियमित कप्तान सन्दीप लामिछानेले गरेका थिए ।

उनी व्यवसायिक खेल खेल्न गएपछि रोहितले कप्तानी सम्होलका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ