arrow

केपी ओलीले राजावादीसँग गरेको गठबन्धन लोकतन्त्रविरुद्ध – बाबुराम भट्टराई 

logo
सुनिल आउजी, 
प्रकाशित २०७९ भदौ २० सोमबार
baburam-bhattarai-2079-05-20.jpg

धनगढी । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघ र प्रदेश सभाको निर्वाचनमा आफ्नो पार्टी गठबन्धनबाटै निर्वाचनमा जाने बताएका छन् । नेपाल समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले गठबन्धन गरेरै जाने बताएका हुन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेर प्रतिगमनका विरुद्ध बनेको गठबन्धन भएकाले संसद विघटन हुँदा लोकतन्त्रको रक्षा गर्नका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका दलहरु मिलेर बनेको गठबन्धन प्रतिगमनविरुद्ध खबरदारी र लोकतन्त्रको रक्षा गर्नकै लागि भएको उनले बताए । 

तर अहिले कुनै पनि दलले बहुमत ल्याउन नसक्ने भएका कारणले गठबन्धनबाटै संघ र प्रदेशको निर्वाचन सहभागी भएर जाने सहमति भएको उनले पत्रकार सम्मेलनमा बताए । 

लोकतन्त्रको रक्षा प्रतिगनका विरुद्ध आफ्नो पार्टी रहेकाले पनि नेपाल समाजवादी पार्टी गठबन्धन दलसँग निर्वाचनमा जाने नेता भट्टराईले बताए । 

सिट बाँडफाँटमा जुन क्षेत्रबाट पार्टीले चुनाव जितेको छ नेपाल समाजवादी पार्टीले पनि चुनाव जितेका क्षेत्रमा दाबी गर्ने बताए । 

सिटका लागि गठबन्धनभित्र छलफल भइरहेकाले छिट्टै दलहरुबीच सहमति हुने बताए । पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले भने नेकपा माओबादी केन्द्र र नेपाल समाजवादी पार्टी नेपालबीच चुनावी तालमेल गरी गोलाकारभित्र रहेको हँसिया हथौैडा चुनाव चिन्हबाट संघ र प्रदेशको निर्वाचनमा जाने सहमति भएको पनि उनले पत्रकार सम्मेलनमा जानकारी दिए । 

उनले भने आफ्नो पाटी समावेशी संघीयता समाजवादको पक्ष र समाजवादी धारका पक्षमा रहेकाले पनि विचार मिल्ने जोसुकै दलहरुसँग चुनावपछि पार्टी एकता गर्ने नेता भट्टराईले बताए । 

एमालेसँग अब कुनै पनि हालतमा चुनावी तालमेल हुन नसक्ने नेता भट्टराईले धारणा व्यक्त गरे । एमाले अध्यक्ष ओलीले अहिले राजावादीसँग गरेको गठबन्धन लोकतन्त्रविरुद्ध भएको र राजावादीसँग चुनावी एकता गर्र्ने एमालेलाई के भनौं र ? प्रश्न गरे जनताले एमालेको राजनीति बुझिसकेकाले जनतालाई भ्रममा नपर्न आग्रह गरे । 

एमालेले गरेका कामको मूल्याङ्कन जनताले गरिसकेकाले गठबन्धनकै बहुमत आउने विश्वास रहेको बताए । ७ वटै प्रदेशमा पार्टीको प्रदेश स्तरीय कार्यकर्ता भेटघाट तथा प्रक्षिक्षण कार्यक्रम भइरहेको र अन्य प्रदेशहरुको भेला भेटघाट सकेर २५ गते बागमती प्रदेशमा कार्यक्रमको समापन हुने नेता भट्टराईले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ