संसदको आयु एक दिन पनि लम्ब्याउन हुँदैन: प्रचण्ड (भिडियाे)
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २२ बुधबार
2k
Shares
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको आयु लम्ब्याउन नहुने बताएका छन् । उनले मनोनयन दर्तापछि संसदको आयु एकदिन पनि लम्ब्याउन नहुने विषयमा छलफल पनि भएको जिकिर गरे ।
‘संसदको आयु लम्ब्याउनु हुँदैन, मनोनयनपछि संसद रहँदैन’, उनले भने, ‘एक दिन पनि लम्ब्याउनु हुँदैन । मंसिर ४ गते चुनाव हुन्छ । मंसिर चारपछि संसद रहँदैन, दुविधा छैन ।’
धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले सिट संख्या, क्षेत्र र प्रदेश एकैचोटी टुङ्गयाउने गरि गठबन्धन लागिपरेको बताएका छन् । उनले सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा पाएको कार्यदललाई आज बेलुकीसम्मको समय दिइएको बताउँदै भोलि शीर्ष तहका नेताहरु बसेर सिट टुंगो लगाउने तयारी भएको जानकारी दिए ।
‘कार्यदलमा आज टुङ्ग्याउने भनेर काम गरिरहनुभएको छ । भोलि हामी त्यसलाई अन्तिम रूप दिन्छौँ ।’
उनले सिट सङ्ख्यामा आ–आफ्नै दाबी हुने भए पनि कांग्रेसले सुरुमा सय भने पनि अहिले ८० को वरिपरि आउने सम्भावना रहेको बताए । त्यस्तै माओवादीले ६० मा दाबी गरेपनि केही सङ्ख्या तलमाथि हुनसक्ने भन्दै नेकपा एकीकृत समाजवादी र नेसपामा पनि २५ सिटको वरिपरिबाटै सहमति खोजिने बताएका छन् ।