- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इन्द्रजात्रा शुरु भएको छ । हुनमानढोकामा धार्मिक विधिपूर्वक आज लिंगो अर्थात् यःसिं ठड्याएपछि इन्द्रजात्रा शुरु भएको हो । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजा सहितको लिङ्गो ठड्याएसँगै जात्रा शुरु हुने गर्छ ।
आठ दिनसम्म मनाइने इन्द्रजात्राको बुधबार बिहान ७ः१५ बजेको साइतमा लिंगो ठड्याइएपछि इन्द्रजात्रा शुरु भएको हो । इन्द्रलाई वर्षा र सहकालको देवता मानिन्छ । नेवार समुदायमा मनाइने यो जात्राको उद्गम थलो हनुमानढोका दरबार क्षेत्र नै मानिन्छ ।