arrow

उपमेयर सुनिताले पनि जारी गरिन् श्वेतपत्रः सय दिनमा १५ काम [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २२ बुधबार
sunita-dangol-uml.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेको एक सय दिनमा गरेका काम र थालेका योजनाको श्वेतपत्र सार्वजनिक गरेकी छिन् । 

मेयर वालेन्द्र साह (बालेन) ले श्वेतपत्र जारी गरेको केही दिनपछि बुधबार डंगोलले सार्वजनिक गरेको श्वेतपत्रमा एक सय दिनमा गरेका १५ काम र शुरुआत गरेका १० योजनाको उल्लेख गरिएको छ । 

पुराना २४४ वटा विवादमा न्यायिक सुनुवाइ भएको र  ५१ वटा विवादको किनारा लगाएको उनले सार्वजनिक गरेको श्वेतपत्रमा उल्लेख छ ।  

वडास्तरीय महिला सेल गठन, आर्थिक वर्ष ०७९–८० का लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयारलाई पनि उनले उल्लेख गरेकी छिन् । सय दिनमा सय बढी कार्यक्रममा महानगरवासी सँगसँगै रहेको र महानगरवासीसँग प्रत्यक्ष अन्तरक्रिया गरी सुझाव लिने, समस्या बुझ्ने कार्य गरिएको उल्लेख गर्दै उनले त्यसले काठमाडौंवासी सँगसँगै रहेर महानगरका समस्याकाबारेमा साक्षात्कार हुने अवसर प्राप्तभएको बताएकी छिन् । 

फोहोर व्यवस्थापनका लागि सकारात्मक पहल शुरु गरेको कुरालाई पनि श्वेतपत्रमा उल्लेख गरेकी उनले भनेकी छिन् , ‘महानगर प्रमुखसहित मेरो प्रत्यक्ष उपस्थितिमा नुवाकोट जिल्लाको सिसडोल र नुवाकोटकै बञ्चरे डाँडा, टेकुस्थित ‘ट्रान्सफर स्टेशन’लगायतका क्षेत्रको अनुगमन गर्ने र त्यहाँको बस्तुस्थिति बुझ्ने लगायतका काम भएका छन् ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ