arrow

बालेन मिशनः सेना, प्रहरी, कलेज सहितलाई १० दिनभित्र बहाल कर तिर्न पत्राचार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २३ बिहिबार
balendra-shah-ktm-mayor.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाली सेना, नेपाल प्रहरी, समाज कल्याण परिषद्सहितलाई बहाल कर तिर्न पत्राचार गरेको छ । महानगरको राजस्व विभागले बिहीबार नेपाली सेना, समाज कल्याण परिषद्, शंकरदेव क्याम्पस, आरआर क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती बहुमुखी क्याम्पस र नेपाल कमर्श क्याम्पसलाई १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई नियमानुसार बहाल कर र सो को जरिवानासहित बुझाउन पत्राचार गरेको हो । 

अन्यथा महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह असुल उपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने महानगरले चेतावनी दिएको छ । 
 
महानगर प्रमुख वालेन्द्र साह (बालेन) को मिशनअनुसार अहिले महानगर आक्रामक भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ