- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विराटनगर। विराटनगर महानगरपालिकाले अन्तर्राष्ट्रिय मामिला सल्लाहकारको रूपमा सोमनाथ घिमिरेलाई नियुक्त गरेको छ । विराटनगर पोखरिया ३ निवासी, अमेरिकामा बस्दै आएका घिमिरेलाई विराटनगर महानगरपालिकाले नियुक्ति गरेको विराटनगर महानगर पालिकाका प्रमुख नागेश कोइरालाले जानकारी दिए । घिमिरे गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाका अध्यक्ष समेत हुन् । उनी दर्जनौं सामाजिक संघसस्थामा आवद्धसमेत छन् ।
संयुक्त राज्य अमेरिकाको विभिन्न शहरहरूको मेयरको कार्यालयसँग राम्रो सम्बन्ध स्थापित गर्दै विराटनगरको विकासमा थप टेवा पुग्ने उद्धेश्यले घिमिरेलाई नियुक्त गरिएको हो ।
विराटनगर महानगरपालिका तथा अमेरिकाका विभिन्न शहरको नगरपालिकासँग समन्वय गरी कामहरु गर्न सहयोग मिल्ने विश्वास विराटनगर महानगरपालिकाको छ ।
घिमिरेले हामीसँग कुरा गर्दै भने, ‘विराटनगरलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउनमा अहम् भूमिका निर्वाह गर्नेछु साथै विराटनगरलाई आधुनिक शहरको रूपमा निर्माण गर्न पहल गर्नेछु भन्दै विराटनगरलाई ‘थ्री बी बिल्ड बेटर’ को नारा लिएर अगाडि बड्ने बताए ।