arrow

राष्ट्रिय सभाको बैठक बुधबारका लागि सर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २६ आइतबार
upper-house2.jpg

काठमाडौं ।  आज अपराह्न १ बजेका लागि तय भएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश बुधबार बस्ने गरी स्थगित भएको छ ।

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालका अनुसार अर्को बैठक यही भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने गरी समय परिवर्तन भएको छ । 

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको नयाँ मिति र समय निर्धारण गर्नुभएको सचिव फुँयालले जानकारी दिए ।



नयाँ