arrow

विद्युत् विधेयक सरकारले फिर्ता लियो, राष्ट्रिय सभा असोज २ गते बस्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३१ शुक्रबार
pampha-bhusal-2079.jpg

काठमाडौं । सरकारले राष्ट्रिय सभामा विचाराधीन विद्युत् विधेयक, २०७७ फिर्ता लिएको छ । संविधानको धारा ११२ र राष्ट्रियसभा नियमावली, २०७५ को नियम ११६ बमोजिम विचाराधीन विधेयक सरकारले फिर्ता लिएको हो । 

राष्ट्रिय सभाको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुषालले प्रस्तुत गरेको उक्त विधेयक फिर्ता गर्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको हो । 

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो विधेयक राष्ट्रिय सभाबाट फिर्ता भएको घोषणा गरे । राष्ट्रिय सभाको अर्को बैठक आगामी असोज २ गते आइतबार बिहान १०ः५९ मा बस्नेछ ।
 



नयाँ