arrow

पोखरा विश्वविद्यालयमा नेविसंघको अनशन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १ शनिबार
Nsu pu.jpg

पोखरा । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पोखरा विश्वविद्यालयमा रिले अनशन शुरु गरेको छ । विश्वविद्यालयले अनावश्यकरुपमा सम्बन्धन दिएको विरोधमा नेविसंघले अनशन शुरु गरेको हो । 

विश्वविद्यालयको मूलद्वार अगाडि नेविसंघका नेता कार्यकर्ताले अनशन शुरु गरेको र माग पूरा नभएसम्म अनशन जारी रहने नेता राजीव भण्डारीले जानकारी दिए । विश्वविद्यालयले हालसम्म ५८ विद्यालयलाई सम्बन्धन बाँडेको बताइएको छ । 

नेविसंघका पोखरा विश्वविद्यालयका मूल एकाइ समिति सभापति सिरोज सुवेदीले आफूहरुको जायज माग संवोधन नगरि उल्टै झुट्टा मुद्धा लगाउने काम विश्वविद्यालयले गरेको बताए । 

विश्वविद्यालयका उपकुलपति प्रा. डा. प्रेमनारायण अर्याललाई आफूहरुले यस विषयमा जानकारी गराए पनि उल्टै विद्यार्थीहरुलाई झुट्टा मुद्धा लगाउने, विद्यार्थी-विद्यार्थी जुधाउने, राजनीतिक दवाव र यातना दिएर विद्यार्थीको आन्दोलन दवाउने कार्य भएकाले आफूहरु आन्दोलन गर्न बाध्य भएको उनले बताए । 

यस्तै, नेविसंघका नेता यूनिक लम्सालले विश्वविद्यालयलाई नै धराशायी बनाउने गरि सम्बन्धन वितरण गरिएको भन्दै आफूहरुले आन्दोलन शुरु गरेको जनाएका छन् । उनले विज्ञप्ति जारी गर्दै विश्वविद्यालय रक्षार्थ, भ्रष्टाचारविरुद्धको अभियानमा सम्पूर्णको साथ र समर्थन रहने विश्वास व्यक्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ