महारानी एलिजाबेथ द्वितीयाको पार्थिव शरीर अन्तिम विश्रामस्थलको यात्रामा
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३ सोमबार
697
Shares
काठमाडौं । बेलायती महारानी एलिजाबेथ द्वितीयालाई अन्तिम विश्रामका लागि विन्डसर क्यासलमा लैजाने यात्रा शुरु भएको छ । यस क्रममा सो मार्गमा देशभरबाट आउने नागरिकहरुको ठूलो भीडको लाइन रहेको छ ।
तीन हजार सैन्य कर्मचारीहरू सम्मिलित विशाल जुलुस लन्डनका विभिन्न प्रसिद्ध स्थल चिन्हहरू हुँदै यात्रा गर्दैछ । महारानीको विवाह भएको र उनलाई मुकुट लगाइएको वेस्टमिन्स्टर एबेमा अन्त्येष्टि सेवा आयोजित गरिएको छ ।
आफ्नो प्रवचनमा, क्यान्टरबरीका आर्चबिशप (चर्च अफ इङ्गल्याण्डका प्रमुख) ले स्वर्गीय महारानीले आफ्नो ७० वर्षको शासनकालमा धेरै जीवन जिएको भनेका छन् ।
महारानीको शासनकालका पूर्व प्रधानमन्त्रीहरूका साथै अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोन लगायत सयौं प्रतिष्ठित व्यक्तिहरू एलिजाबेथ द्वितीयाको अन्तिम यात्रामा सहभागी छन् ।
नेपालबाट परराष्ट्र मन्त्री डा. नारायण खड्का गएका छन् ।