- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बाजुरा । बिगत लामो समयदेखि अवरुद्ध हुँदै गएको साँफे-मार्तडी राजमार्गमा पर्ने अम्कोटको पहिरो तत्काल हटाएर सुचारु गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रकाशचन्द्र अधिकारीले सडक डिभिजन कार्यालय साँफेका प्रमुख दिवसबाबु बस्नेतलाई निर्देशन दिएका छन् ।
सोमबार सीडीओको टोलीले पहिरोको स्थलगत अनुगमन गरी राजमार्गमा आएको पहिरो हटाएर दशैं अगाडी सुचारु गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले जानकारि दिए।
उनका अनुसार सडक डिभिजन कार्यालयका प्रमुखलाई अम्कोट पहिरोमा बोलाएर मंगलबारबाट राजमार्गको पहिरो हटाउन लगाई एक हप्ता अघि नै संचालनमा ल्याउन निर्देशन दिएका हुन् ।
दशैं तिहारमा राजमार्ग अवरुद्धका कारण जिल्लामा कालोबजारी बढ्ने र मूल्यवृद्धि हुने हुँदा उपभोक्ता मारमा पर्नै भएकाले राजमार्ग खुलाउने अवस्थाको बारेमा प्रजिअ अधिकारीले स्थलगत रुपमा निरिक्षण तथा अनुगम गरेका छन्।
मंगलबार विहानबाट नै सडक डिभिजनको स्काइभेटरले राजमार्गको पहिरो हटाउने कार्यको प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । मंगलबारबाट पहिरो हटाउन नथालेमा अन्य प्रक्रियामा गएर पनि पहिरो हटाएर सडक संचालनमा ल्याउने सीडीओ प्रकाशचन्द्र अधिकारीले बताए ।
राजमार्गमा आएको पहिरोको हटाउन सक्ने अवस्थाको अनुगमनमा प्रजिअ अधिकारी,सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्ट,दुर्गाभञ्जन गुल्मका गुल्मपती सञ्जीवराज नेपाल,शसस्त्र प्रहरी बल बाजुराका सशस्त्र प्रहरी नायव उपरिक्षक भीम चौधरी, राष्ट्रिय अनुसन्धान बाजुराका प्रमुख अशोक भट्ट, जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायव उपरिक्षक गिन्द्रबहादुर बोगटी,जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी नवराज अवस्थी लगायतको टोलीले राजमार्गमा आएको पहिरोको अनुगमन तथा निरिक्षण गरेका हुन् ।