arrow

न्यूप्लाजास्थित एक भवनमा भीषण आगलागी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ५ बुधबार
fire-final_1618024271.jpeg

काठमाडौं । काठमाडौंको पुतलीसडक न्यूप्लाजास्थित एक भवनमा बुधबार बिहान करिब दश बजेतिर भीषण आगलागी भएको छ । आगलागी नियन्त्रणमा आएको छैन । 

पुतलीसडकबाट अनामनगरतर्फ जाने सडक किनारकै आगो लागेपछि यातायातसमेत प्रभावित भएको छ । आगलागी नियन्त्रणका लागि साढे १० बजेसम्म घटनास्थलमा प्रहरी र बरुणयन्त्र केही नआइपुगेको प्रत्यक्षदर्शीले बताएका छन् । 

आगलागीले घरअगाडिका बिजुलीका तारहरुसमेत जलाएको छ । आगलागीले ट्राफिक अव्यस्थित हुने स्थिति छ भने अन्य घरहरुमा समेत आगो फैलिन थालेको छ । 

आगलागीको कारणबारे जानकारी आउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ