arrow

अर्काको आइडियाले फेसबुकले यसरी शुरु गरेको थियो लाइभ स्ट्रिमिंग, १४ अर्ब जरिवाना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ७ शुक्रबार
facebook-voxer.jpg

काठमाडौं । तत्कालीन फेसबुक अहिलेको मेटा कम्पनीले पेटेन्ट उल्लङ्घन गरेको आरोप पुष्टि भएको छ । वाकी टकी एप भोक्सरको लाइभ अडियो स्ट्रिमिंग गर्ने पेटेन्ट प्रयोग गरी मेटा आफूले लाइभ स्ट्रिमिंगको सेवा शुरु गरेको पुष्टि भएपछि कम्पनीलाई १४ अर्ब अमेरिकी डलरभन्दा बढी जरिवाना तोएिको छ ।

बुधबार टेक्सासको संघीय अदालतको एक निर्णायक मण्डलले मेटालाई वाकी टकी एप कम्पनी भोक्सरलाई १७ करोड ४५ लाख अमेरिकी डलर क्षतिपूर्ति तिर्न आदेश दिएको हो ।

वाकी टकी एपको निर्माता कम्पनी भोक्सरले पहिलो पटक मेटाविरुद्ध २०२० मा मुद्दा दायर गरेको थियो । कम्पनीले मेटाले आफ्नो पेटेन्टको उल्लङ्घन गरी फेसबुक लाइभ र इन्स्टाग्राम लाइभमा आफ्नो प्रविधि समावेश गरेको आरोप लगाएको थियो ।

भोक्सरका संस्थापक टम क्याटिसले अफगानिस्तानमा स्पेशल फोर्स कम्युनिकेसन सर्जेन्टको सेवा गर्दा उनले सामना गरेका युद्धक्षेत्रको सञ्चार समस्याहरू समाधान गर्ने उद्देश्यले २००६ मा यो पेटेन्टको विकास गरेका थिए ।

क्याटिस र उनको कम्पनी भोक्सरको टोलीले  लाइभ आवाज र भिडियो सञ्चारको प्रसारणलाई सक्षम बनाउने प्रविधिको विकास गर्दै सन् २०११ मा भोक्सर वाकी टकी एप लञ्च गरेको थियो ।

अदालतका कागजातहरूका अनुसार मेटाले एप लन्च गरेलगत्तै सम्भावित सहकार्यका लागि भोक्सरलाई सम्पर्क गरेको र पछि भोक्सरले आफ्नो पेटेन्ट पोर्टफोलियो र प्रविधि त्यतिबेलाको फेसबुकलाई प्रदान गरेको थियो ।

एक पटक दुई कम्पनीहरू बीचको प्रारम्भिक बैठकले सम्झौता अन्त्यिमा पुर्याएको थिएन । यससँगै मेटाले त्यतिबेला आफुसँग लाइभ दिने सेवा नहुँदा भोक्सरलाई प्रतिस्पर्धीको रूपमा हेर्न थालेको थियो ।

त्यसपछि मेटाले फेसबुकमा वाकी टकी एपको पहुँच हटाउँदै २०१५ मा फेसबुक लाइभ र २०१६ मा इन्स्टाग्राम लाइभ सेवा सुरु गरेको थियो ।

पछि क्याटिसले २०१६ को फेब्रुअरीमा भक्सरको पेटेन्टको उल्लङ्घनको मुद्दा उठाउन फेसबुक लाइभको वरिष्ठ उत्पादन प्रबन्धकसँग भेटेका थिए । त्यसपछि मेटाले भोक्सरको पेटेन्टको निरन्तर प्रयोगको सम्बन्धमा भोक्सरसँग सम्झौता गर्न अस्वीकार गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ