arrow

घाँस काट्न गएकी महिला विभत्स अवस्थामा मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ८ शनिबार
curpse-final1.jpg

महोत्तरी । महोत्तरीको मट्टिहानीमा घाँस काट्न गएकी एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।  वडा नम्बर १ सानो धिरापुर निवासी मोहम्मद असरारुल अंसारी कि अन्दाजी ४० वर्षिया श्रीमति अमना खातुन मृत अवस्थामा फेला परेकी हुन्। अमिना शुक्रबार  घाँस  काट्न जंगल गएकी थिइन् । 

मृतक महिलाको शव घरबाट झण्डै एक किलोमिटर दूरीमा रहेको  खोईर भन्ने स्थानको बासघारीमा शव फेला परेको प्रहरीले जनाएको छ । महिलाको शरीरभर चोट र रक्ताम्य देखिएको हुँदा कसैले विभत्स हत्या गरेको हुन सक्ने प्रहरीको पारम्भिक अनुमान छ । शवको पकृति हेर्दा हत्या गरेको जस्तो देखिएको हुनाले प्रहरीलाई यथासक्य छानविनको लागि अनुरोध गरेको नगरप्रमुख हरि प्रसाद मण्डलको भनाइ छ ।

घटनाको विषयमा गम्भीर ढङगले अनुसन्धान अगाडि वढाइएको र रातिसव भेटिएको हुनाले पोष्टमार्टमको लागी बिहानमात्र पठाइने महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए ।

मृतकका श्रीमान् र एक छोरा वैदेशिक रोजगारीमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ