arrow

गौरादहमा चामल चोर छिमेकीको कुटाइबाट महिलाको मृत्यु

logo
युवराज रेग्मी, 
प्रकाशित २०८० चैत १७ शनिबार
Gauradhaha_Nagarpalika.png

झापा । झापाको गौरादहमा छिमेकीको कुटाइबाट एक महिलाको मृत्यु भएको छ । गौरादह नगरपालिका  वडा नं ७ तामाङ चोक बस्ने ३५ वर्षीया सुमित्रा मुर्मूको छिमेकीको कुटाइबाट मृत्यु भएको हो ।

बुधबार राति करिब  ९ बजेको समयमा मुर्मू घरमा छिमेकी मेघराज दर्जीलाई चामल चोरिरहेको अवस्थामा सुमित्राले फेला पारेकी थिइन् ।

रातको समयमा दर्जीले आफ्नो घरमा चामल चोरिरहेको अवस्थामा मुर्मूले फेला पारेपछि पक्राउ गर्न खोज्दा चोरीमा संलग्न दर्जीले मुर्मूलाई संवेदनशील अंगहरुमा मुक्का र लात्ती  प्रहार गरी घाइते बनाएर भागेका थिए ।

घाइते मुर्मूलाई छिमेकीले आम्दा अस्पताल दमक पुर्याएका थिए । घाइते मुर्मूको उपचारका क्रममा शुक्रबार दिउँसो १ बजे  मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेको मृत्युपछि निजका आफन्तहरुले शुक्रबार अस्थायी प्रहरी चौकी जुरोपानीमा उजुरी दिएका थिए । उजुरी लगत्तै हत्यामा संलग्न दर्जीलाई इलाका  प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ