arrow

छुरा प्रहार गरी युवकको हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २७ मंगलबार
death.jpg

धनुषा । जनकपुरमा छुरा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका-४ स्थित विश्वकर्मा चोकमा सोमबार २० वर्षीय प्रीन्स महासेठको छुरा प्रहार गरी हत्या गरिएको धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाले बताए । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अवाका अनुसार विश्वकर्मा चोकमा तीन/चार जनाको एक समूहबीच झगडा हुँदा महोत्तरीको एकडारा गाउँपालिका-३ भटौलिया निवासी घर भएका प्रीन्समाथि छुरा प्रहार भएको थियो । प्रीन्सलाई उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रवक्ता अवाले बताए ।

स्थानीयका अनुसार छुरा प्रहारबाट गम्भीर घाइते प्रीन्स त्यहाँबाट भाग्दै गर्दा बाटोमा लडी बेहोस भएका थिए । सोही अवस्थामा स्थानीय र प्रहरीले प्रीन्सलाई उद्धार गरी प्रादेशिक अस्पताल जनकपुरधाम लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । 

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जनकपुरधामको शान्तिनगर बस्ने रोशन दास र अर्का ठेगाना खुल्न नसकेका अर्जुन साहलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रवक्ता अवाले बताए । 

मृतक युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ