arrow

करेन्ट लागेर युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १९ बुधबार
current-socked.png

तेह्रथुम । इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लाग्दा तेह्रथुममा आज एक युवकको मृत्यु भएको छ ।

करेन्ट लागेर आठराई गाउँपालिका वडा नं. ४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिए ।

उनको घट्नास्थलमै मृत्यु भएको हो । इन्टरनेट जडानका लागि विद्युतीय पोलमा चढ्दा इङनामलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।



नयाँ