arrow

लुम्बिनी प्रदेश सभामा एकीकृत समाजवादी ‘शून्य’, कांग्रेस र माओवादीबीच भागबण्डा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २२ शनिबार
NCP-united-socialist-madhav-nepal.jpg
तस्बिर – फाइल ।

बुटवल । सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश सभामा भने निल भएको छ । टिकट वितरणमा लुम्बिनी प्रदेशका ५२ निर्वाचन क्षेत्रमध्ये एकीकृत समाजवादीले कुनै पनि सिट पाएन । 

गुल्मी क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा क माओवादी केन्द्रको भागमा परेको छ भने ख नेपाली कांग्रेसको  भागमा परेको छ । त्यस्तै क्षेत्र नम्बर २ अन्तर्गत क कांग्रेस र ख माओवादीको भागमा परेको छ । पाल्पा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभाका दुवै क्षेत्र कांग्रेसले पाउँदा क्षेत्र नम्बर २ अन्तर्गत क कांग्रेस र ख माओवादी केन्द्रको भागमा परेको छ ।

त्यस्तै अर्घाखाँचीमा प्रदेशसभाका दुईवटा क्षेत्र कांग्रेस र माओवादी केन्द्रले बाँडेका छन् । रुपन्देही १ मा प्रदेश सभाका दुवै क्षेत्र कांग्रेसले पाएको छ भने क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभातर्फ क मा कांग्रेस र ख मा माओवादी केन्द्रलाई छुट्टयाइएको छ । रुपन्देही–३ को प्रदेश सभामा क लोसपा र ख कांग्रेसको  भागमा परेको छ ।

रुपन्देही क्षेत्र नम्बर ४ मा प्रदेश सभाका दुवै क्षेत्र कांग्रेले पाएको छ भने ५ को क मा माओवादी केन्द्र र ख मा कांग्रेसले पाएको छ । त्यस्तै कपिलवस्तु क्षेत्र नम्बर १ र २ को प्रदेशसभा कांग्रेसको भागमा परेको छ । क्षेत्र नम्बर ३ को क मा माओवादी केन्द्र र ख मा कांग्रेसका लागि छुट्टयाइएको छ ।

रुकुमपूर्वमा प्रदेशसभाका दुवै क्षेत्र माओवादीको भागमा परेका छन् । रोल्पामा भने क माओवादी केन्द्र र ख कांग्रेसले  पाएका छन् । प्यूठानमा प्रदेश सभातर्फ क माओवादी केन्द्र र ख कांग्रेसको भागमा परेको छ । 

दाङ १ को प्रदेशसभा क मा माओवादी केन्द्र र ख कांग्रेसको भागमा परेको छ भने क्षेत्र नम्बर २ मा प्रदेशका दुवै क्षेत्र कांग्रेसले पाएको छ । त्यस्तै दाङ ३ मा प्रदेशतर्फ क कांग्रेस र ख माओवादी केन्द्रले बाँडेका छन् । बाँके १ को प्रदेशसभातर्फ क माओवादी केन्द्र र ख कांग्रेसको भागमा परेको छ भने बाँके २ को प्रदेशसभा क खाली राखिएको छ भने ख कांग्रेसको भागमा परेको छ ।

बाँके ३ मा प्रदेश क तर्फ माओवादी केन्द्र र ख कांग्रेसको भागमा परेको छ । बर्दिया १ को प्रदेश क तर्फ कांग्रेस र ख माओवादी केन्द्रको भागमा परेको छ । बर्दिया २ मा क कांग्रेस र ख माओवादी केन्द्रले पाएको छ । नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०–१ को प्रदेशतर्फ क कांग्रेस र ख माओवादीको भागमा परेको छ । 

नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०–२ को प्रदेशतर्फ क माओवादी केन्द्र र ख कांग्रेसको भागमा परेको छ । 

एकीकृत समाजवादीका नेता सिद्धिचरण भट्टराईले लुम्बिनी प्रदेशमा एकीकृत समाजवादीलाई निल गराएर चुनाव हुन्छ त रु भनेर प्रश्न गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ