arrow

सत्ता गठबन्धन छाडेपछि हटाइँदै जसपाका मन्त्री 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २५ मंगलबार
deuba-yadhav.png

काठमाडौं ।  सत्ता गठबन्धनसँगको तालमेल तोडेर एमालेसँग गठबन्धन गरेको जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरूलाई हटाउने मनस्थितिमा प्रधानमन्त्री शेरबहादुर देउवा पुगेका छन् ।

सत्ता गठबन्धनले भन्दा नेकपा एमालेले बढी सिट दिने भएपछि जसपाले एमालेसँग तालमेल गरेको थियो । 

जसपाबाट चार मन्त्री देउवा सरकारमा रहेका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, वन तथा वातावरणमन्त्री प्रदीप यादव, कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवलाई हटाउने मनस्थितिमा प्रधानमन्त्री देउवा पुगेका हुन् ।  

प्रधानमन्त्री देउवाले निर्वाचन आयोग र आफूनिकटका कानुन व्यवसायीसँग परामर्श समेत गरेका छन् ।

पाँच दलीय गठबन्धन गरेको जसपाले २५ सिट मागेको थियो । सिट सङ्ख्यामा कुरा हुँदाहुँदै जसपाले एमालेसँग तालमेल गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ