साउदी अरेबियाले युक्रेनलाई ४०० मिलियन डलर मानवीय सहायता प्रदान गर्ने
एजेन्सी,
प्रकाशित २०७९ असोज २९ शनिबार
1.2k
Shares
फाइल तस्बिर
रियाद। साउदी अरेबियाले युक्रेनलाई ४०० मिलियन डलर मानवीय सहायता उपलब्ध गराउने भएको छ। साउदी युवराज मोहम्मद बिन सलमानले शुक्रवार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई फोन गरेर उक्त सहयोगको बाचा गरेका हुन्।
युद्ध अन्त्यका लागि युवराजले मध्यस्थताका प्रयास जारी राख्न र डि–एस्केलेसनमा सहयोग गर्ने सबैलाई समर्थन गर्न तत्परता व्यक्त गरेको पनि प्राप्त विवरणहरूमा जनाइएको छ।