arrow

भीम रावलले ओलीलाई भने – आफूले मनपरी अत्याचार गर्ने, अरुलाई चुप लाग भन्‍ने ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३ बिहिबार
kp-oli-bhim-rawal-uml.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै ओलीले अन्याय र अत्याचार गरेको बताएका छन् । नेता रावलले बिहीबार साँझ सामाजिक सञ्‍जाल ट्विटरमार्फत अध्यक्ष ओलीको आलोचना गरेका हुन् ।

‘अन्याय सार्वजनिक रूपमा गर्ने तर त्यसबारे सार्वजनिक रूपमा नबोल भन्ने कुरा लोकतन्त्र र कम्युनिष्ट पार्टीमा भन्‍न सुहाउँछ र ?’ उनले सोधे । आफूसँग आन्तरिकरुपमा नै किन छलफल नगरेको भन्दै प्रश्‍नसमेत गरेका छन् ।  

प्रतिनिधि सभाको उम्मेदवारी रोकिएको सन्दर्भमा आफूले सार्वजनिक रुपमा बोल्न नहुने भनी तर्क गरेको सुनिएको भन्दै उनले आपत्ति जनाएका छन् । ‘मेरो उम्मेदवारी सार्वजनिक रुपमा नरोकेर पार्टीभित्रै मसँग छलफल नगरेको किन त ? यस प्रसंगमा चिनियाँ क्रान्तिकालका प्रसिद्धा साहित्यकार लु शुनको यो भनाइ सान्दर्भिक छ – बिरालोले मुरा समातेपछि पीडाले मुसा चिच्याउँदा बिरालोले त्यो त्यतिकै किन चिच्याएको होला भनी ठानेझैं, अन्यायी–अत्याचारीले अत्याचार हुँदा पनि जनता चुप लाग्‍नुपर्छ, किन कराउने भनी ठान्छन् । त्यस्तै हो, आफूले मनपरी गर्ने, अरुलाई चुपचाप आदेश पालना गर भन्‍ने। यस्तो कुरा लोकतन्त्र र कम्युनिस्ट पार्टीको मान्यताविरुद्ध छ’, उनले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ