arrow

पाँच दलीय गठबन्धन पवित्र गठबन्धन हो : बालकृष्ण खाँण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ४ शुक्रबार
balkrishna-khand.jpg

काठमाडौं । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले पाँच दलीय गठबन्धन पवित्र गठबन्धन भएको बताएका छन् । पाँच दलीय गठबन्धनमा कांग्रेसका तर्फबाट रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारसमेत रहेका खाँणले यस्तो बताएका हुन् । 

उनले भने, “पाँच भनेकै पवित्र शब्द हो, हाम्रो पाँच दलीय गठबन्धन पवित्र गठबन्धन हो ।” उनले आउँदो सन्ततीको भविष्य निर्माणको लागि गठबन्धनको पक्षमा सहयोग गर्न अपिल गर्दै भने, “विभिन्न विचारधारा बोकेका व्यक्ति राष्ट्रको हितको लागि पाँच दलीय गठबन्धनका आवद्ध भएका छौँ ।”

आम निर्वाचनपछि सङ्घीय सरकार र प्रदेश सरकार गठबन्धनकै बन्ने दावी गरे। नेपालमा शान्ती, राजनैतिक स्थायित्वको लागि विभिन्न राजनैतिक विचारधारा बोकेका दलको बिचमा सहमति र सहकार्य भएर नै गठबन्धन बनाइएको उनले बताए । 

“जुन पार्टीले सरकार बनाउँछ, उसैले नै विकासको निति निर्माण गर्दछ ।” उनले भने, “यस क्षेत्रको विकासको लागि जिल्लाको विकासको लागि पाँच दलीय गठबन्धनलाई सहयोग पुर्‍याउन अपिल गर्दछु ।” सीमामा बसेर देशको रक्षा गर्ने नै असली राष्ट्रवादी भएको बताउँदै खाँणले यस्ता राष्ट्रवादीको सम्मान गर्न गठबन्धनले कुनै प्रकारको कमिकमजोरी नगर्ने बताए । 



नयाँ