arrow

गठबन्धनका उम्मेदवारले जित्नै पर्नेमा प्रधानमन्त्री देउवाको जोड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ४ शुक्रबार
sher bdr deuba.jpg

बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान र व्यवस्था रक्षाका लागि सत्ता गठबन्धनका उम्मेदवारले जित्नै पर्ने बताएका छन्। सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन पनि उनले सबैलाई आग्रह गरे । 

शुक्रवार बुटवलमा आयोजना गरिएको पाँच दलीय सत्ता गठबन्धनको संयुक्त प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले टिकट नपाएर असन्तुष्ट नेता कार्यकर्तालाई अन्यत्र पनि ठाउँ भएकाले नआत्तिन आग्रह गरे । “टिकटको आकाङ्क्षा राख्ने सबैलाई टिकट दिन सकिएको छैन”, उनले भने, “अरू पनि धेरै ठाउँ छन्, ती ठाउँमा पनि व्यवस्थापन गर्न सकिन्छ ।”

 उनले मुलुक पश्चगमनतिर जान लागेका बेला त्यसलाई बचाएर गठबन्धनका दलहरूले आफूलाई प्रधानमन्त्री बनाएकाले ती दलहरूलाई पनि इमानदारीपूर्वक मत दिनुपर्ने भनाइ राखे । “यो निर्वाचन अरुबेला जस्तो सामान्य चुनाव होइन, प्रतिगमनका विरुद्ध अग्रगमनको लडाइँ हो”, प्रधानमन्त्री देउवाले भने, “संविधान र व्यवस्था रक्षा गर्दै मुलुकको विकास र समृद्धिको दायित्व पाँच दलीय गठबन्धनसँग छ, त्यसमा तपाईँहरूले इमानदारीपूर्वक गठबन्धनका उम्मेदवारलाई मतदान गर्नुहुन्छ भन्ने विश्वास लिएको छु ।”

उनले दुई पटकसम्म संसद् विघटन गरेर प्रतिगमनको यात्रा तय गरेको नेकपा (एमाले) ले त्यस्तै प्रकारका दलहरूसँग गठबन्धन गरेर आफ्नो असली चरित्र देखाएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ