arrow

प्रधानमन्त्रीको सम्बोधन स्थापित मान्यता विपरीत : नेम्वाङ

logo
प्रकाशित २०७३ भदौ २४ शुक्रबार
subash-nembang3.jpg.jpeg
विराटनगर । नेकपा (एमाले) संसदीय दलका उपनेता सुभाष नेम्वाङले प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार संसद्मा गरेको सम्बोधन संविधान र स्थापित मान्यता विपरित रहेको आरोप लगाएका छन् । 
 
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै नेम्वाङले नीति तथा कार्यक्रमको झल्को दिने गरी नयाँ कार्यक्रम ल्याउनु गलत भएको टिप्पणी गरे । 
 
नेता नेम्वाङले यदि प्रधानमन्त्रीले नीति तथा कार्यक्रम ल्याएको हो भन्ने त्यसलाई प्रष्ट पार्नुपर्ने उल्लेख गर्दै यसअघि आफै सहभागी भएको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट पारित भइसकेको अवस्थामा नयाँ कार्यक्रम ल्याउनु विधिसम्मत नभएकाले यसको जवाफ सरकारले दिनुपर्ने धारणा व्यक्त गरे। 
 
पत्रकारको जिज्ञासामा नेता नेम्वाङले मधेसी मोर्चाले उठाएको मागलाई सम्बोधन गर्ने कार्य देश र जनताको हित विपरीत देखिएकाले संविधान संशोधन आफूहरुलाई मान्य नहुने स्पष्ट पारे। 
 
नेम्वाङले संविधान संशोधनको सम्बन्धमा सरकारले आफूहरुसँग कुनै छलफल नगरेको जानकारी गराए । स्थानीय तहको निर्वाचनको सम्बन्धमा उनले संविधानअनुसार बनेको स्थानीय निकाय पुनःसंरचना आयोगले दिएको खाकाअनुसार नै स्थानीय तहको निर्वाचन गराउनुपर्ने धारणा व्यक्त पनि गरे । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ