arrow

लगातार पाँच वटा सिलिण्डर पड्किएर आगलागी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १० बिहिबार
fire-final_1618024271.jpeg
तस्बिर – फाइल ।

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नं १० स्थित बसपार्क नजिक तरकारीको थोक बजारसँग जोडिएको होटेलमा आज दिउँसो आगलागी भएपछि ग्यास सिलिन्डर पड्किएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार तिहारका बेला होटेल मालिक मीना साह होटेल बन्द गरी अन्यत्र गएका बेला अचानक आगलागी भएपछि एकपछि अर्को गरी पाँच वटा ग्यास सिलिन्डर विस्फोट भएको हो । 

आगलागीको घटनापछि हेटौँडा उपमहानगरपालिकाको दुई वटा दमकलले एक घण्टापछि आगलागी नियन्त्रणमा लिएको थियो ।  

आगलागीबाट तरकारीको थोक बजारमा केही क्षति पुगेको छ । प्रहरीले आगलागीबाट मानवीय क्षति नभएको र होटेलमा पूर्णरूपमा क्षति पुगेको तथा भौतिक क्षतिको विवरण आई नसकेको जानकारी दिएको छ ।

होटेल मालिक मीना साहले गरगहना र नगदसहित करिब रु २० लाखको क्षति भएको बताइन् । प्रहरीले विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने जानकारी दिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ