arrow

रहेनन् वरिष्ठ पत्रकार पाण्डे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ११ शुक्रबार
kaushal-pandey-journalist.jpg

हेटौंडा । हेटौंडाका वरिष्ठ कौशल पाण्डेको ७५ वर्षको उमेरमा बिहीबार साँझ निधन भएको छ । हेटौंडा–४ कमलडाँडास्थित निवासमा उनको निधन भएको हो ।

उनको लिभर सिरोसिसको कारण केही महिनाअघि मात्र शल्यक्रिया गरिएको थियो । परिवारका सदस्यका अनुसार केही समयदेखि उनको स्वास्थ्य अवस्था जटिल रहेको थियो । 

उनको पार्थिव शरीर आज अन्त्येष्टि गरिने पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले जानकारी दिएका छन् । 

पत्रकार महासंघ, मकवानपुरका पुर्व अध्यक्ष पाण्डे हेटौंडाबाट प्रकाशित हुने प्रयास अर्ध साप्ताहिक लगायतको पत्रिकाको सम्पादनको भूमिकामा रहेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ