arrow

घनश्याम भुषालले स्पष्ट पार्दै भने –ओलीले संविधान च्यात्न खोज्दा प्रतिवाद गर्दा पार्टी छोड्न बाध्य भएँ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १५ मंगलबार
ghanashyam-bhusal-2079-07-15.jpg

रुपन्देही । प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार घनश्याम भुषालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान च्यात्न खोजेको र त्यसको प्रतिवाद गर्दा आफू पार्टी छोड्न बाध्य भएको दाबी गरेका छन् । रुपन्देही ३ बाट प्रतिनिधि सभाका उम्मेदवार भुषालले मंगलबार घरदैलो अभियानका क्रममा यस्तो बताएका हुन् । 

उनीसँगै प्रदेश सभा सदस्य पदका उम्मेदवारद्धय अब्दुल रज्जाक र विश्वनाथ यादवले पनि रोहिणी, ओमसतिया गाउँपालिका तथा तिलोत्तमा नगरपालिकाका विभिन्न वडामा घरदैलो अभियानलाई निरन्तरता दिइरहेका हुन् ।

उम्मेदवारहरूले रोहिणीका वडा नम्बर ४, ५ र ६ ओमसतियाको ६, तिलोत्तमाको ८ र १२ तथा देवदह नगरपालिका १० मा सम्पर्क कार्यालय उद्घाटन गरेका छन् । 

प्रतिनिधि सभा सदस्य पदका साझा उम्मेदवार नेता भुषालले स्थानीय तहमा शिक्षा, स्वास्थ्य, बाटोघाटो तथा भौतिक निर्माणका काममा तिव्रता दिने बताए । उनले सुकुम्बासी समस्याको समाधान गरिने पनि बताए । 

सुकुम्बासी समाधानबारे गहन अध्ययन थालिसकेको उनको भनाइ छ । 

एमाले परित्याग गरेर गठबन्धनको समर्थनमा त्रिभुज चुनाव चिन्ह लिएर उम्मेदवार बनेका नेता भुसालले संविधान रक्षाकै लागि गठबन्धनको समर्थनमा उम्मेदवार बनेको बताए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ