arrow

अभिव्यक्ति स्वतन्त्रताका लागि गठबन्धनः डा महत

logo
नारायण वली,
प्रकाशित २०७९ कार्तिक १६ बुधबार
IMG-20221102-WA0001.jpg

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बहुमतको सरकार हुँदा लोकतान्त्रिक पद्धतिमा पनि जनताका अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रता जस्ता अधिकारलाई वञ्चित गरेको भन्दै देश, जनता र अधिकारको पूर्णअधिकार सम्पन्न गर्नका लागि आगामी निर्वाचनमा गठबन्धनलाई जिताउन नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आग्रह गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता डा. महतले तत्कालीन समयमा बहुमतको नेकपा सरकार हुँदा नागरिकले धेरै दुःख पाएको भन्दै गफ लगाउनेलाई विश्वास गर्नुभन्दा नबोलेर काम गर्नेलाई मूल्यांकन गर्न जिकिर गरे ।

पाँच वर्ष पहिले नेकपा एमालेले जारी गरेको घोषणापत्रमा उल्लेख भएका योजना र अहिले पनि जारी गरिएको घोषणापत्रमा समेटिएका बुँदाहरु जनतालाई झुक्याउने भन्दा अरु नयाँ केही नभएको उनले दाबी गरे । उनले भने, '५ वर्षअघि समेटिएका पानी जहाज, पाइप लाइन ग्याँस र रेल जस्ता कुराहरु कार्यान्वयन भन्दा पनि फगत मात्रै भएको सरकार चलाउँदा पुष्टि भइसकेको छ ।'

प्रवक्ता डा. महतले अर्को प्रसंगमा निर्वाचनपछि कांग्रेसकै सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने बताए । उनले निर्वाचनपछि सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले ल्याउने भएको र त्यसको पार्टी सभापतिको हैसियतमा शेरबहादुर देउवा नै प्रधानमन्त्री हुने उनले बताए । 

१६५ सिटमध्ये ९१ सिटमा कांग्रेस उम्मेदवार भएकाले अन्य पार्टी भन्दा धेरै निश्चित रुपमा आफ्नो पार्टीको आउने उल्लेख गरे ।

एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको एउटै पार्टीभित्रको अविश्वासका कारण विभाजन हुन पुगेको बहुमतको सरकार भंग भएपछि बनेको नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएपछि कोभिड नियन्त्रण लगायत काम गरेको जनाए । 

कांग्रेसले जारी गरेको घोषणापत्रमा पनि रेल सञ्चालन बुँदा समेटिएको छ एमालेले जारी सञ्चालन गर्ने र कांग्रेसले ल्याउने रेल एउटै हो कि फरक हो ? भन्ने पत्रकारहरुले सोधेको जिज्ञासामा प्रवक्ता डा. महतले भने, 'हामी चलाउने भनेको आन्तरिक यातायातको लागि दैनिक चल्ने हो, खर्च धान्न नसकिने गरी चलाउन आवश्यक छैन । हामी ऋण काढेर रेलमा लगानी गर्नै पक्षमा छैनौं ।' 

कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले आगामी दिनमा संघीय निर्वाचनमा कांग्रेसका महिला नेतृहरुलाई प्रत्यक्षमा उठाउने गरी अगाडि बढ्ने जनाइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ