arrow

नेतान्याहूलाई चुनाव जितेकोमा देउवाले दिए बधाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १८ शुक्रबार
sher-bahadur-deuba-benjamin-netanyahu (1).jpg

काठमाडौं । पूर्व इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको नेतृत्वमा रहेको गठबन्धनले बेलायती संसदीय निर्वाचनमा जित हात पारेकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले बधाइ दिएका छन् ।

१२० सिट भएको बेलायती संसद (नेसेट)मा लगातार १२ वर्ष इजरेलको प्रधानमन्त्री बनेका विवादास्पद व्यक्तित्व नेतान्याहूको पार्टी लिकुडसहितको गठबन्धनले ६४ सिट जितेको छ ।

प्रधानमन्त्री देउवाले नेतान्याहुलाई बधाई दिँदै भनेका छन्,'चुनावमा विजयी हुनुभएको बधाई छ। नेपाल–इजरायल द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ गर्न मिलेर काम गर्न तत्पर छु।'

संसदमा बुहमतको जितसँगै भ्रष्टाचारको मुद्दा परेका नेतान्याहूलाई इजरेली राष्ट्रपति इसाक हर्जोगले सरकार गठन गर्न आमन्त्रित गर्नेछन् । यो प्रक्रिया अर्को हप्ता शुरु हुने सम्भावना रहेको छ ।

नेतान्याहूसँग इतिहासमा सबैभन्दा दक्षिणपन्थी इजरेली सरकार बनाउनका लागि २८ दिनको समय हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ