arrow

इङ्गल्याण्डसँगको खेलअघि भारतीय कप्तान घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २२ मंगलबार
rohit-sharma2.jpg

काठमाडौं ।  भारतीय टोलीका कप्तान रोहित शर्मा घाइते भएका छन् । आईसीसी टी-२० विश्वकप २०२२ मा इंग्ल्याण्डसँगको सेमिफाइनल खेलअघि अभ्यासका क्रममा कप्तान रोहित शर्मा घाइते भएका हुन् । 

रोहितको नाडीमा चोट लागेको छ । भारत र इंग्ल्याण्डबीचको दोस्रो सेमिफाइनल खेल १० नोभेम्बर बिहीबार एडिलेडको एडिलेड ओभल मैदानमा दिउँसो १: ४५ बजेबाट हुने छ।

 क्रिकबजको रिपोर्ट अनुसार भारतीय कप्तान थ्रो डाउन सामना गर्ने क्रममा घाइते भएका थिए। बल बाउन्स भएर रोहितको हात अगाडि लाग्यो। रोहित शर्मा घाइते नाडीमा आइसिङ गर्दै आउटडोर नेट बसे।  चोटपछि रोहित शर्मा केही समय समस्यामा देखिएका थिए । तर, केही समयपछि उनी फेरि नेटबाट अभ्यास गर्न आए र ब्याटिङ गरे ।

नोभेम्बर १० मा टीम इन्डियाले सेमिफाइनलमा इंग्ल्याण्डसँग खेल्नेछ। टी-२० विश्वकपमा समूह ‘बी’ बाट भारत र पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेका छन् । योसँगै समूह ‘ए’ बाट न्युजिल्यान्ड र इंग्ल्याण्ड पुगेका छन् । पहिलो सेमिफाइनल न्युजिल्याण्ड र पाकिस्तानबीच नोभेम्बर ९ मा हुनेछ ।

बी समूहमा भारतको सबैभन्दा बढी ८ अंक छ । भारतले ५ मध्ये चार खेल जितेको छ । उसले अफ्रिकासँग मात्रै हार बेहोरेको थियो । जबकि पाकिस्तानको ६ अंक छ । पाकिस्तानले ५ मध्ये ३ खेल जितेको छ । भारत र जिम्बावेसँग पाकिस्तानले हार बेहोरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ