स्वतन्त्र उम्मेदवार साहको प्रतिबद्धतापत्र सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २३ बुधबार
1.9k
Shares
जनकपुरधाम । आसन्न निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा स्वतन्त्रबाट उम्मेदवारी दिएका उमेश साहले आफ्नो १० बुँदे प्रतिबद्धतापत्र पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन् ।
आज जनकपुरधाममा प्रचारप्रसार समितिको कार्यालय उद्घाटनसँगै उनले आफ्नो १० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । विकास, शान्ति र सुशासन, आर्थिक वर्ष चैत्र मसान्त हुनुपर्ने, युवा जनशक्तिलाई विदेश पलायनबाट रोक्न स्वदेशमै रोजगारी सिजना गराउन, वर्षौंदेखि बन्द गरिएको उद्योग तथा कलकारखाना पुनः सञ्चालनमा ल्याउन, भ्रष्टाचारलाई समाप्त गर्न अख्तियार जस्ता सरोकारवाला निकायलाई मजबुत तथा स्वायत्तता प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने लगायतको प्रतिबद्धता रहेका छन् ।