- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । युनाइटेड अरब इमिरेट्स यूएईलाई तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा नेपालले १७६ रनमा रोकेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १७६ रनमात्र बनाउन सक्यो ।
आयान अफ्जल खानले अविजित रहँदै ५४ तथा अलिशान शराफूले ३३ रन बनाएको इनिङ्समा गुल्सन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान २–२ विकेट लिए ।
यसअघि भएको पहिलो खेलमा यूएई विजयी भएको थियो भने तेस्रो खेलमा नेपाल विजयी भएको थियो ।
यो खेलको विजेताले उपाधि जित्नेछ ।