arrow

समाचार संकलन गर्न गएका बोहरामाथि निर्घात कुटपीट, वातावरण बनाउन महासंघको माग 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २ शुक्रबार
FNJ-Final.jpg
तस्बिर – फाइल ।

बाजुरा । हाम्राकुराकर्मी नेपाल प्रेस युनियन बाजुरा शाखाका सदस्य जनक बोहरामाथि निर्घात कुटपीट भएको छ ।

गौमुल गाउँ पालिका वडा नं १ मा मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी सर्वदलीय बैठकमा समाचार संकलन गर्न गएको अवस्थामा एकान्तमा बोलाई अम्लिस माविको भवन पछाडिपट्टी लगेर गौमुल गाँउपालिकाका जिम्मेवार जनप्रतिनिधिकै संलग्नतामा बोहरालाई निर्घात कुटपिट गरेका हुन् । 
आक्रमणकारीले उनको मोबाइल लगायतका सामानसहित लुटेर लगेका छन् । नेपाल पत्रकार महासंघ बाजुरा बझाङ्ग शाखाले निर्वाचनताका प्रायः भइरहने यस  निन्दनीय घटनाका दोषीलाई कानूनअनुसार कारबाही गर्न नेपाल पत्रकार महासंघ बाजुरा बझाङ्ग शाखाले माग गरेको छ । 

शाखाका संस्थापक सभापति दयाराम पण्डितले पत्रकार बोहरामाथि गरिएको सुनियोजित हमलाप्रति घोर भत्सर्ना गरेका छन् । 
                       

वातावरण बनाउन महासंघको माग 
नेपाल पत्रकार महासंघले निर्वाचनमा समाचार संकलन र मतगणना अपडेटका लागि सहज वातावरण बनाउन निर्वाचन आयोग र सरकारसँग माग गरेको छ । 

शुक्रबार एक विज्ञप्तिमार्फत निर्वाचन प्रयोजनका लागि पत्रकारले प्रयोग गर्ने सवारी साधनलाई सहज ढंगबाट चल्न दिन समेत महासंघले आग्रह गरेको छ । 

महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको दिन आमसञ्चारकर्मीहरूलाई स्वतन्त्र, निर्बाध, सुरक्षित र सहजढंगबाट समाचार संकलन र सम्प्रेषण गर्ने वातावरण निर्माण गर्न तथा मतदान लगत्तै हुने मतगणनाको सहज र सरल तरिकाले समाचार संकलन गर्ने वातावरण बनाउन महासंघ निर्वाचन आयोग र सरकारसँग माग गर्दछ ।'

यस्तै निर्वाचनको क्रममा सबै खाले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै पत्रकारको सुरक्षामा विशेष ध्यान दिन समेत महासंघ सरकारसँग आग्रह गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ