arrow

बाजुराका केही मतदानस्थलमा रोकियो मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
election 2079.jpg

काठमाडौं । एमाले र कांग्रेसका कार्यकर्ताबीच विवाद र झडपका बीच बाजुराको ७ वटा मतदान स्थलको मतदान रोकिएको छ ।  दुई पार्टीका कार्यकर्ताबीच झडप भएपछि कतिपय मतदान स्थलमा सुरक्षाकर्मीले हवाई फायर गरेको थियो ।

बुढीगंगा नगरपालिका ८ स्थित गिरिखेल्ने प्राथमिक विद्यालय, बुढीनन्दा नगरपालिका ५ र ७, स्वामीकार्तिक ३ र ४, खप्तड छेडेदह गाउँपालिका १ र त्रिवेणी नगरपालिका ७ मा रहेका मतदान स्थलको मतदान स्थगित भएको बाजुरा प्रहरीले बताएको छ। 

जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि राजन पाण्डे र टेकबहादुर बढुवाल स्वतन्त्र, एमालेबाट कर्णबहादुर थापा, नेपाली कांग्रेसबाट बद्री प्रसाद पाण्डे, राप्रपाबाट जंगकुमार गिरी र जनता समाजवादी पार्टीबाट रामबहादुर शाही उम्मेदवार छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ