आठ हजार बढी मतले एमालेलाई हराउँदै कांग्रेस गोरखाका सभापति विजयी
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
1.3k
Shares
गोरखा । नेकपा एमालेलाई आठ हजार बढी मतले हराउँदै कांग्रेस गोरखाका सभापति विजयी भएका छन् ।
कांग्रेस गोरखाको सभापति नन्दप्रसाद न्यौपाने गोरखा-१(ख) मा विजयी भएका हुन् । आज बिहान सम्पन्न भएको मतगणनामा न्यौपाने १६ हजार दुई सय ६१ मत ल्याएर विजयी भएको सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तले जानकारी दिए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार मोहनप्रसाद भट्टराईले सात हजार पाँच सय ३३ मत प्राप्त गरेका छन् ।
न्यौपानेले आठ हजार सात सय २८ मतको मतान्तरले निर्वाचन जित्न सफल भएका हुन् । उनी वाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार थिए ।