कुमारी बैङ्क र नेपाल क्रेडिट एण्ड कमर्स बैङ्कबिच मर्जरको अन्तिम सम्झौता
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
1k
Shares
काठमाडौँ। कुमारी बैङ्क लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैङ्क लिमिटेडबिच मर्जरमा जाने अन्तिम सम्झौता मङ्सिर ७ बुधवारका दिन कुमारी बैङ्कको केन्द्रीय कार्यालय टंगालमा सम्पन्न भएको छ। साथै दुवै बैङ्कका सञ्चालक समितिहरूले १:१ अनुपातको शेयर आदान–प्रदान समेत स्वीकृत गरिएको बैङ्कले विज्ञप्ति मार्फत जानकारी दिएको छ।