arrow

नवलपरासीमा कांग्रेसका विष्णुकुमार विजयी, तिलकसँग लिए बदला 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
bishnu-kumar-karki-tilak-mahat-nawalparasi2.jpg

मध्यविन्दु । नवलपरासी बर्दघाट सुस्तापूर्व निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विष्णुकुमार कार्की विजयी भएका छन् । 

विसं २०४८ देखि नेकपा एमालेले जित्दै आएको क्षेत्र नं २ मा एमालेका उम्मेदवार तिलक महतसँग दुई हजार २१ मतान्तरले कार्की विजयी भएका हुन् । गठबन्धनका उम्मेदवार कार्कीका पक्षमा ३६ हजार एक सय चार मत प्राप्त हुँदा नेकपा एमालेका तिलक महतले ३४ हजार ८३ मत प्राप्त गरेका हुन् ।  

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका शालिकराम न्यौपानेले छ हजार चार सय ४३ मत प्राप्त गरे भने राट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद शर्माले तीन हजार तीन सय ४३ मत प्राप्त गरेका छन् । क्षेत्र नं २ मा ८५ हजार तीन सय ९९ मत खसेको थियो । खसेको मतमध्ये तीन हजार चार सय ५१ मत बदर भएको थियो । 

विसं २०७४ सालको निर्वाचनमा कांग्रेसका कार्की एमालेका महतसँग एक हजार तीन सय ३३ मतान्तरले पराजित भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ