arrow

कास्की ३ (ख) मा एमालेका राजीव पहारीलाई हराउँदै कांग्रेसका प्रकाश बराल विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
prakash baral.jpg

पोखरा । कास्की निर्वाचन क्षेत्र नं. ३ (ख) बाट नेपाली कांग्रेसका प्रकाश बराल विजयी भएका छन् । उनले नेकपा एमालेका राजीव पहारीलाई पराजित गरेका हुन् ।

बरालले १२ हजार ३६७ र पहारीले ११ हजार ९०२ मत प्राप्त गरे । पराजित पहारी अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट विजयी भएका थिए ।

यस क्षेत्रमा राप्रपाका हरिराम भण्डारीले २५ सय ६०, मंगोल नेशनल अर्जनाइजेशनका मनतोष घलेले ४७२, जनता समाजवादी पार्टीका गोरे दमैले २९५ र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका रामवृक्ष रजकले ११७ मत प्राप्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ