केशर पुस्तकालयका महत्वपूर्ण कागजपत्र यसरी सुकाइन्छ [फोटोफिचर]
काठमाडौं । आगनभर किताबै किताब । केही धमिराले खाएको अवस्थामा । केही पानीले भिजेर टुक्रा टुक्रा परेर अवशेष मात्र । यी कागजात सामान्यखालका भने होइनन् । नेपालको इतिहास बोकेका महत्वपूर्ण दस्तावेज हिजोआज केशर पुस्तकालयको आगनमा दिनभर सुकाइन्छ ।अनि बोरामा पोको पारेर राखिन्छ । मानौं ती कुनै काम नलाग्ने अवस्थामा पुगिसकेका हुन् । तर केशर पुस्तकालयमा रहेका यी महत्वपूर्ण मात्र नभएर इतिहास बोकेका समेत कागजात यसरी नै दिनहुँ घाममा सुकाइन्छ ।
बोरामा पोको पारेर राख्दा पानीले भिजेर बिग्रिसकेका कागजात केशर पुस्तकालयले दिनभर घाममा सुकाउन थालेको हो । केशर पुस्तकालय पुनर्निर्माणको ठेक्का जेटसीजी आई जेभी निर्माण कम्पनीले पाएको छ। सो कम्पनीबाट केशर पुस्तकालय पुनर्निमार्णमा प्रोजेक्ट म्यानेजरका रुपमा कार्यरत नरकान्त सापकोटाले हाल एनओसी लेटर र पुराना कागजपत्रहरु अहिले बाहिर रहेको बताए। तीन वर्षदेखि पुस्तकालयको एक कुनामा रखिएका ती कागजपत्रहरु पानी परे भिजिएको र लिच्चड निस्कन थालपछि घाममासुकाउनका लागि बाहिरराखिएको उनले बताए।
ऐतिहासिक, पुरातात्विक, राजनीतक, धार्मिकलगायत करिब ६० हजार पस्तक भएको केशर पुस्तकालय ऐतिहसक हो २०७२ सालको भूकम्पले केशर पुस्तकालय रहेको भवनमा क्षति पुगेपछि अझै पुनर्निर्माणको काम हुन सकेको छैन । जसले गर्दा त्यहाँभित्र रहेकापुस्तकहरु जोखिममा परेका हुन् ।
पुस्तकालयको व्यवस्थापन गर्न नसक्दा पुस्तकालयमा गएर पढ्ने पाठकलाई समेत समस्या परेको छ । यहाँ भएका महत्वपूर्ण कागजात नष्ट भएर जाने चिन्ता सबैमा देखिन्छ ।
उक्त पुस्तकालयमा विश्वमै कहीँ कतै नभएका पुस्तकसमेत राखिएको छ । तर, संरक्षणको अभावमा नष्ट हुने अवस्थामा पुगेका छन् ।
‘युनेस्कोको मेमोरी अफ द वल्र्ड रजिष्टर’ मा सूचीकृत दुईमध्ये एक पुस्तक केशर पुस्तकालयमा राखिएका छन् । युनेस्कोले सन् २०१३ मा केशर पुस्तकालयको ‘सुश्रुतासंहिता’ र राष्ट्रिय अभिलेखालयमा रहेको ‘निश्वासतत्वसंहिता’ लाई सूचीकृत गरेको थियो । दुवै पुस्तक ९ औं शताब्दीका हुन् ।
त्यस्ता खालका महत्वपूर्ण दस्तावेश बोरामा राखिएका छन् भने, पानीले ओस्सिएर दिनभर घाममा सुकाउनु पर्ने अवस्था आएको छ ।
३४ रोपनी क्षेत्रफलसहितको पुस्तकालय सन् १८९५ मा चन्द्र शमशेरले छोरा केशर शमशेरलाई युरोपियन शैलीमा बनाइदिएका थिए ।
यस पुस्तकालयमा हाल पुरातात्विक सामग्रीसहित हस्तलिखित ग्रन्थहरु समेत छन् । युनेस्कोले सूचीकृत गरेको सुश्रुसंहितासहितहस्तलिखित–ग्रन्थहरू ६७५ थान, एक थान किताबी फर्मको क्याटलगसहित अहिलेसम्म क्याटेगोराइज्ड नभएका केही हस्तलिखितग्रन्थहरू समेत छन्