arrow

क्रिकेटमा अधोगति, एक दिवसीय मान्यता खोसिने लगभग तय, विश्वकप छनोटको सम्भावना सकियो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २२ बिहिबार
nepal-cricket-association.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको अधोगति कायमै रहेको छ । आईसीसी विश्वकप लिग– २ मा कमजोर प्रदर्शन गरेसँगै नेपालको विश्वकप छनोट खेल्ने सम्भावना त सकिएको छ नै एक दिवसीय मान्यता पनि खोसिने लगभग पक्का छ । 

त्रिदेशीय श्रृंखला अन्तर्गतको एक दिवसीयमा स्कटल्याण्डले नेपाललाई पराजित गरेको हो । नामिबियाको युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा बिहीबार भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको हो । 

नेपालले दिएको १ सय २० रनको सामान्य लक्ष्य स्कटल्याण्डले २ विकेट गुमाएर १६ ओभर ५ बलमा पूरा गर्यो । क्रिस्टोफर म्याकब्राइडले अविजित ४६ तथा जर्ज मुन्सीले ४५ रन बनाए । 

नेपालका लागि गुलसन झा र दीपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिए । 

खेलमा पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभर ३ बलमा अलआउट हुँदै १ सय १९ रन मात्रै बनायो ।

कप्तान रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए । सोमपाल कामीले १६ तथा दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए । 

यो हारसँगै ७ टोली सहभागी विश्वकप लिग २ मा नेपाल २४ खेलमा १८ अंकसहित छैटौं स्थानमा छ । जसका कारण नेपालको शीर्ष तीनमा रहेर विश्वकप छनोटमा पुग्ने सम्भावना समाप्त भएको छ । 

त्यस्तै शीर्ष पाँचमा रहेर एक दिवसीय मान्यता कायम राख्न पनि नेपाललाई मुस्किल छ । 

नेपालभन्दा अगाडि यूएई रहेको छ । जसको २६ खेलमा २७ अंक रहेको छ । सीधा बाटोबाट नेपालले दुवै स्थान गुमाउने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ