arrow

नो होम डेलिभरी कार्यक्रम कागजमै सिमित, रक्तश्रावले सुत्केरीको मृत्यु

logo
शैलेन्द्र रोकाया।
प्रकाशित २०७३ भदौ ३१ शुक्रबार
bajhangnmahar.jpg.jpeg
बझाङ। घरमा सुत्केरी गराएका कारण एक जना महिलाको ज्यान गएको छ। घरमै सुत्केरी भएकी भातेखोला गाविस वडा नम्बर एक द्धारी कौसाण बस्ने ३० बर्षीया सुन्तला देवी कठायतको मृत्यु भएको हो। जिल्लामा जिल्ला स्वास्थ्य कार्यालयले नो होम डेलिभरी अभियान सन्चालन गरेको बताए पनि घरमा सुत्केरी भएकी कठायतको अत्यधिक रक्तश्रावका कारण ज्यान गएको हो। स्थानिय गोपाल कठायतले सुन्तला देवी कठायत सुत्केरी भएको बेला अत्याधिक रगत बगेका कारण मृत्यू भएको बताए। उनको रक्तश्राव धेरै भएपछि मानसिक सन्तुलन पनि गुमाएकी थिएन।
 
सुत्केरी भएको केही दिनमै घरमा बच्चा छोडेर पानीमा डुबुल्की मार्ने, पानीबाट घर आउन नमान्ने जस्ता ब्यवहार गर्ने गरेकी थिइन। यस्तो ब्यवहार गर्दा परिवारका ब्यक्तीहरुले स्वास्थ्य चौकी ल्याउनु भन्दा गाँउमै धामी झाँक्रीकै भरपर्दा उनको मृत्यु भएको स्थानियबासीले बताए। कठायतको मंगलबार राती अत्याधिक रक्त श्रावका कारण ज्यान गएको हुन सक्ने गाँउलेहरुले बताए। स्वास्थ्य चौकिले महिला स्वास्थ्य स्वयम्सेबिकालाई महिनै पिच्छे तालिम सेमिनार र बैठकमा उपस्थित गराई स्वास्थ्य सम्वन्धी जानकारी दिने गरेको भए पनि सुन्तली मृत्यू प्रकरणले भने यसको औचित्य माथि समते प्रश्न उठाएको छ। 
 
गाँउबाट भातेखोला स्वास्थ्य चौकी पुग्न २ घण्टा लाग्ने र सदरमुकाम चैनपुर पुग्न डेड घण्टा लाग्ने गरेका कारणले सुत्केरी ब्यथा लागेकी कठायतलाई घरमै सुत्केरी गराएको स्थानीयले बताएका छन्। भातेखोला गाविस वडा नम्बर एक आग्राका स्थानीय सर्वसाधारणहरु सामान्य उपचारका लागी समेत डेड घण्टा हिडेर सदरमुकाम चैनपुरमा रहेका चैनपुर स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा आउनु पर्ने बाध्यता छ। १ छोरी र १ छोरा रहेकी कठायतका श्रीमान् रोजगारीका लागी भारत गएका छन्।  
 
जिल्ला अस्पताल सिमखेतले अबको केहि बर्षमै बझाङ जिल्लालाई घरमा सुत्केरी नगराउने जिल्ला घोषणा गर्ने लक्ष्यका साथ अगाडी बढेको भएपनि जिल्ला स्वास्थ्य कार्यालयको यो अभियान कागजमै सिमीत भएको यो घटनाले पुष्टि गरेको छ। लाखौ रुपया खर्च गरेर जिल्ला स्वास्थ्य कार्यालयले जिल्ला भरी अभियान सञ्चालन गरेको भएपनि जिल्लाका अधिकांश दुर्गम बस्तीहरुमा भने यसको प्रभाब परेको देखिदैन्। जिल्ला अस्पताल सिमखेतका कार्यालय प्रमुख डाक्टर विष्णु खतिवडाका अनुसार अहिले सम्म देउलेख, पाटादेबल, धमेना सुनिकोट, कालुखेती, पाराकाट्ने, बाँझ, शैनपसेला, देउलीकोट र कडेल गाविसका ४६ वडाहरु घरमा सुत्केरी नहुने वडा घोषणा भैसकेको डाक्टर खतिवडाले बताए। डाक्टर खतिवडाका अनुसार यस आर्थिक बर्ष २०७३/७४ मा जिल्लामा एक सय ५० वडाहरु घरमा सुत्केरी नगराउने वडा घोषणा गर्ने लक्ष्य राखिएको छ।
 
यसरी अभियानकै रुपमा सुरु गरे पनि दुर्गम गाँउका स्वास्थ्य संस्थासम्म यसको प्रभाब पर्न सकेको छैन्। चेतना बिकासको लागी मात्रै जिल्ला स्वास्थ्य कार्यालयमा यूनिसेफ, यूएएफपिए र स्वास्थ्यको आफ्नै नियमित कार्यक्रममा लाखौको बजेट खर्च हुने भएपनि यहाँका बासिन्दाहरु अझै धामी झाक्री कै सहारामा भएको एउटा दरिलो उदाहारण बनेको छ यो घटना।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ