arrow

क्यानले मुख्य प्रशिक्षक प्रभाकरको राजीनामा स्वीकृत गर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २९ बिहिबार
manoj-prabhakar-coach-can.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले दिएको राजीनामा स्वीकृत गरेको छ । क्यानले मुख्य प्रशिक्षक प्रभाकरको राजीनामा बिहीबार स्वीकृत गरेको जनाएको छ । 

भारतीय प्रशिक्षक प्रभाकरले बिहीबारबाटै लागु हुने गरी राजीनामा दिएका थिए । तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गत साउनमा क्यानले प्रभाकरलाई नियुक्त गरेको थियो । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरेको थियो । 

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला खस्केको छ । उनै प्रभाकर प्रशिक्षक भएका बेलामा केन्या उड्नका लागि सँगै बसेका तत्कालीन कप्तान सन्दीप लामिछाने बाहिर आएर एक किशोरीलाई नगरकोट लगेर फर्काएर एक होटलमा सँगसँगै बस्न भ्याएका थिए । 

तर क्यानले प्रशिक्षक वा टिम व्यवस्थापक कसैलाई पनि कारबाहीको दायरामा ल्याउने हिम्मत गरेको थिएन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ