arrow

बाक्सिला बजारमा भीषण आगलागी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ४ सोमबार
fire-final_1618024271.jpeg

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा भीषण आगलागी शुरु भएको छ । सोमबार साँझ बाक्सिला बजारमा आगलागी शुरु भएको केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईले बताए ।

आगलागीमा दिपक गुरुङ, रमेश परियार, डिल्लीकुमार श्रेष्ठ, शुभराज राईको घर जलेको छ । आगो फैलिन नदिन अहिले जेसिभि र स्काभेटर प्रयोग गरेर अकबर राईको घर भत्काउने काम भइरहेको छ । आगलागीको कारण खुल्न सकेको छैन । घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ