arrow

बाक्सिला बजारमा आगलागीबाट पाँच घर जलेर नष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ४ सोमबार
fire-final_1618024271.jpeg

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आगलागी हुँदा पाँच घर नष्ट भएका छन् । सोमबार साँझ लागेको आगोले बाक्सिला बजारका व्यवसायी दीपक गुरुङ, रमेश परियार, डिल्लीकुमार श्रेष्ठ र  शुभराज राईको घर जलेको हो । 

बजारका अन्य घरमा आगो फैलिन नदिन स्थानीय अकबर राईको घर जेसिभि र स्काभेटर लगाएर भत्काइएको केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईले बताए । गुरुङको घरबाट शुरु भएको आगोले व्यपार व्यवसाय सञ्चालन हुँदैआएको घरहरु जलेका हुन् । बाक्सिला बजार गाउँपालिकाको केन्द्र हो । 

साँझ पौने ६ बजेतिर शुरु भएको आगोलाई स्थानीय र ईलाका प्रहरी कार्यालय बाक्सिलाका प्रहरीले ढुंगामाटो र पानी हालेर बेलुका ७ः२० बजेतिर नियन्त्रणमा लिएका छन् ।

आगलागीको जानकारी आए लगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङको टोली पछि घटनास्थलतर्फ गएको छ । 

आगलागीको कारण खुल्न सकेको छैन । क्षतिको विवरण पनि आउन बाँकी रहेको डीएसपी मुकारुङले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ