arrow

ओली, प्रचण्ड र खनालबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ६ बुधबार
oli-prachanda-jhalanath.jpg

काठमाडौं । डेढ वर्षपछि एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच अनौपचारिक छलफल र संवाद भएको छ । 

राष्ट्रपति कार्यालय शीतल निवासमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको सपथ कार्यक्रममा तीन पूर्वप्रधानमन्त्रीबीच छलफल भएको हो । 

तीनै नेता पूर्वप्रधानमन्त्रीको हैसियतमा सपथ कार्यक्रममा सहभागी भएका थिए । ओली, प्रचण्ड र खनाल सँगै तीनवटा कुर्सीमा बसेका थिए । त्यहीबेला उनीहरूबीच संवाद भएको हो । 

एमाले अध्यक्ष ओलीको निजी सचिवालयले सार्वजनिक गरेको तस्बिरमा तीनैजना कुराकानी गरिरहेको देखिन्छ । निर्वाचनको परिणामपछि तीनै नेताबीच पहिलोपटक छलफल भएको हो ।

विभिन्न सूत्रका अनुसार वामपन्थी सरकारका लागि भन्दै माओवादी र एमालेका दोस्रो तहका नेताहरु चरणगत छलफलमा रहेका छन् । 

केपी ओली प्रचण्डलाई पहिलो कार्यकाल प्रधानमन्त्री दिएर भए पनि सरकार कम्युनिष्ट दलहरुको बनाउन सहमति नजिक पुगेको बताइन्छ । 

प्रचण्डले भने आजसम्मको समय मागेको बताइएको छ  । 



नयाँ