arrow

पशुपतिले बोलाए सर्वदलीय बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ६ बुधबार
pashupati-shamsher-rana-parliament.jpg

काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक बोलाइएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदको ज्येष्ठ सदस्यको रुपमा राप्रपा नेता पशुपति शमशेर राणाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनले बिहीबार दिउँसो १ बजे नवनिर्वाचित प्रतिनिधि सभा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउँदैछन् । तर यसअघि बिहीबार मध्यान्ह १२ बजेका लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक आह्वान गरिएको छ ।

बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका एक एक जना र स्वतन्त्रबाट निर्वाचित सांसदलाई बोलाइएको छ । बैठकमा संसद सञ्चालनलगायतका विषयमा छलफल हुनेछ । 



नयाँ